स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम)

रामग्राम न. पा- ०३, नवलपरासी

नवलपरासी (. सु..) जिल्ला लुम्बिनी प्रदेशको १२ जिल्ला मध्यको पूर्वी भागमा अवस्थित क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला हो ।यस जिल्लामा ७ वटा स्थानीय तहहरु रहेका छन्, जसमध्ये ३ वटा नगरपालिका ( रामग्राम, सुनवल र बर्दघाटर ४ वटा गाउँपालिका (पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्ता) छन् ।

स्वास्थ्य कार्यालय नवलपरासी (. सु..) लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहि नेपाल सरकार, स्थानीय तहहरु, स्वास्थ्य क्षेत्रमा क्रियाशिल विकास साझेदार संस्थाहरु र सरोकारवालाहरुसँग समन्वय, साझेदारी र सहकार्यमार्फत यस जिल्लाको जनस्वास्थ्य प्रवर्द्धनको कार्य गर्दै आईरहेको छ । नेपालको संविधान प्रदत्त  नागरिकको स्वास्थ्य सम्बन्धी हकको सार्थक कार्यान्वयन गरी  नागरिकको आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न तथा जनस्वास्थ्य प्रवर्द्धन गरी स्वस्थ नागरिक जीवन कायम गर्न हाल यस यस जिल्लामा ३  सरकारी अस्पताल, ३ नीजि तथा सामुदायिक अस्पताल, १ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २८ आधारभुत स्वास्थ्य सेवा केन्द्र, ३ सामुदायिक स्वास्थ्य ईकाई र ४ शहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।यसका अलवा आयुर्वेद स्वास्थ्य केन्द्र तथा आयुर्वेद औषधालय, नीजि तथा गैरसरकारी संघ/संस्थाहरुमार्फत पनि  निरोधात्मक र उपचारात्मक स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।

 

 

भेषराज शर्मा

(खोप सुपरभाईजर अधिकृत)

कल्पना पौडेल

पब्लिक हेल्थ नर्सिङ अधिकृत

देवकी नन्दन आचार्य

ल्याव टेक्निसियन निरिक्षक

निरज राना

परिवार नियोजन निरिक्षक

देविलाल पौडेल

बरिष्ठ मलेरिया ईन्स्पेक्टर

शत्रुधन यादव

हलुका सवारी चालक (करार)